logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बंगलादेशमा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाललाई


अंकुरण खबर
3.484K
Shares

नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ।

बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले इतिहास रचेको हो। ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई३—० को सोझो सेटमा पराजित गर्‍यो।

नेपालले पहिलो सेट २५—१३, दोस्रो सेट २५—१२ र तेस्रो सेट २५—८ ले जित्न सफल भयो। नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो। प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो। माल्दिभ्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो। नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ।