logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी महाधिवेशन : प्रचण्डले जवाफ दिन थाले


अंकुरण खबर
806
Shares

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएपछि प्रचण्डले जवाफ दिन थालेका हुन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।