logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी विरुद्ध २२ दलीय मोर्चाको विरोध प्रदर्शन


अंकुरण खबर
1.092K
Shares

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल सहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए ।

नेपाल बसेर चीन विरोध गतिविधि गर्न अमेरिकाले एमसीसी मार्फत सहयोग गर्न लागेको उनको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए ।