logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्ता पक्राउ


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले विप्लव नेकपाका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७ प १२०४ नम्बरको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् ।विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।