logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टाइम्सलाई सफलता


अंकुरण खबर
663
Shares

टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

चण्डोल स्थित विशाल मिलन केन्द्र ९बिएमके० को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गर्‍यो । टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे ।

दोस्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा २६–१२, तेस्रोमा २७–२२ र चौथोमा २५–२१ को अग्रता लिएको थियो ।

अर्को खेलमा बिराज राणाको १८ अंक सहयोगमा गोड्सले स्कल क्यान्डीलाई ६५–५० ले हरायो । चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्त्वपूर्ण आधार खडा गर्‍यो । त्यसमा गोड्सले २५–९ को अग्रता बनाएको थियो । सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२–१३, १२–२१ र १६–१५ को प्रदर्शन गर्‍यो ।

गोड्स र स्कलले समान २–२ खेल खेलेका छन् । दुवैले समान १–१ जितरहार आत्मसात् गरेका छन् । अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसँग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो ।

शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार ३ खेल हुने छ । बिएमके र कीर्तिपुर बास्केटबल, टाइम्स र गोल्डेनगेट तथा रोयल र क्याम्पियनबीच खेल हुने छ ।