logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङबाट बरामद गरिएको हतियार आफ्नो नभएको विप्लव समूहको दाबी


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले शनिबार दाङ प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको दाबी गरेको छ ।

सो समूहको राप्ती ब्यूरो इन्चार्ज समरले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् ।

विज्ञप्तिमा ती हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले हतियार राखेर प्रचार गरिएको उल्लेख छ ।

प्रहरीले दाङ र कपिलबस्तुको सीमा क्षेत्रबाट सर्ट मेशिन गन ‘एसएमजी’पाँच थान, राईफलको म्याग्जिन १३ थान र सोही राईफलमा प्रयोग हुने गोली ३ सय ९० राउण्ड फेला पारेको थियो ।