logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज बंगलादेशविरुद्ध नेपालको खेल


अंकुरण खबर
1.833K
Shares

काठमाडौं –  एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बलियो टिम बंगलादेशको सामना गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशलाई हराउनुपर्ने दवाव छ ।

समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले दुई–दुई खेल खेलेका छन् । दुबै खेल जितेको बंगलादेश समूहको शिर्ष स्थानमा छ । एकमा जित र एकमा हार ब्यहोरेको नेपाल तेस्रो स्थानमा छ ।

पहिलो खेलमा भारतसँग हारेको नेपालले अर्को खेलमा हङकङलाई पराजित गरेको थियो । समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन ।