logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी नेता नारायणकाजीलाई कोभिड संक्रमण, होमआइसोलेसनमा बसे


अंकुरण खबर
533
Shares

नेकपा ( माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोभिड – १९ संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।

पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रता पुर्वक अनुरोध गर्दछु, श्रेष्ठले लेखेका छन् ।