logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ए’ डिभिजन लिग फुटबल: लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा


अंकुरण खबर
572
Shares

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ ।

थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र शेर्पाका युगल किशोर राई दुबै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छन् ।  थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।