logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् अवरुद्धले सरकारले महत्वपूर्ण निर्णय गर्न सकेनः आङ्देम्बे


अंकुरण खबर
494
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले जनताका लागि महत्वपूर्व निर्णय हुन नसकेको बताएका छन् ।

सोमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमा गर्दै सहमहामन्त्री आङ्देम्बेले संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास पैदा भएको उल्लेख गरे ।

“इतिहासमा कहीँ नहुने दुई दुईपटक संसद विघटन केपी ओलीले गर्नु भयो । संवैधानिक नभएकाले पुनस्स्थापना भयो । तर अहिले पनि संसद् चल्न दिइएको छैन,”  उनले भने ।

पछिल्लो समय दिनदिनै कोभिडको संक्रमण बढ्दै गएकाले त्यसका लागि सरकारले निर्णय लिनुपर्नेमा उनले जोड दिए । तर एमालेले गरेको संसद अवरुद्धका कारण सरकारले महत्वपूर्ण निर्णय लिन नसकेको सहमहामन्त्री आङ्देम्बेले बताए । लामो समय सम्म संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास बढ्दै गएको उनले दाबी गरे ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन पछि सबैखाले गुटको अन्त्य भएको दाबी गर्दै उनले भने, “नेपाली कांग्रेसमा गुट – उपगुट समाप्त भएको छ । केही गुट विस्तारै पानीको फोका जस्तै फुटेर जाने छ । नयाँ नेतृत्वले सवाल होइन जवाफ दिन सक्नुपर्दछ ।”

अब नेपाली कांग्रेस केन्द्र देखि नै शुद्धीकरण हुने उनले बताए । युवा पुस्ता नेपाली कांग्रेसको नयाँ नेतृत्वमा आएकाले पार्टी संगठन मजबुत भएर जानेसमेत उनले बताए ।