जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो । जेभियरका सम्राट् भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेस्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरे ।
विजेतालाई लेखक डिआर (दयाराम) सिम्खडा, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङ, प्रिन्सिपल कृष्ण अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, कन्सुलर स्वीकृति अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
२१ पुस देखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको थिए ।