logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन सय मत गन्दा बोहरा अघि


अंकुरण खबर
1.547K
Shares

नेकपा एमाले अछामको आठौँ अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ ।

प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि देखिएको छ ।

मंगलबार भएको मतदानको बुधबार बिहान देखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैन स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ ।

पदाधिकारीको नतिजा आजै साँझ सम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ ।

बोहरा २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन् ।