logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि


अंकुरण खबर
1.638K
Shares

त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।

विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र  न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए ।

मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।