logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण


अंकुरण खबर
1.534K
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ ।

आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए ।

मन्त्री आलेसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । अनुगमनमा जाँदा सम्बन्धित् कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् ।