logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मातृका यादवले मध्यरातमै छाडे मन्त्री क्वार्टर


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – बुधबारको मन्त्रिपरिषद पुनर्गठनका क्रममा हटाइएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पुलचोकस्थित सरकारी क्वार्टर छाडेका छन् ।

मन्त्री यादवले सरकारी गाडीसमेत गृह मन्त्रालयमा बुझाएका छन् । यादवले सुरक्षाकर्मी पनि फिर्ता गर्न खोजेका थिए । ‘तर, माथिबाट आदेश नआएसम्म जान नमिल्ने भन्दै सेना र प्रहरीका सुरक्षाकर्मीले छाडेका छैनन् । मन्त्रीबाट औपचारिक रुपमा बिदाई हुनुअघि यादव बुधबार राति नै क्वार्टर छाडेर भक्तपुर ठिमीस्थित चारदोबाटोमा डेरा सरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग यादवको सुरुआती दिनदेखि नै कुरा मिलेको थिएन । यादव प्रधानमन्त्री ओलीको ‘हिट लिस्ट’ मा थिए । प्रधानमन्त्रीले बुधबार यादवसँगै ६ मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । यादवलाई पूर्वमाओवादी नेता लेखराज भट्टले विस्थापन गरेका छन् ।