logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्मचारीमा कोरोना संक्रमणपछि इलामको रोङ गाउँपालिकाको सेवा स्थगित


अंकुरण खबर
624
Shares

इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।

गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

गाउँपालिकाको कार्यालयमा कार्यरत नौ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो ।