logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफ्रिका कप अफ नेसन्स: नाईजेरिया र इजिप्ट अन्तिम १६ मा प्रवेश


अंकुरण खबर
3.263K
Shares

अन्तिम खेलमा विजयी हुँदै नाईजेरिया र इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्रमशः विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बुधबार राति नाईजेरियाले गिनीलाई २–० ले पराजित गर्दा समूह ‘डी’ मा शतप्रतिशत जित निकाल्यो । यता, इजिप्टले सुडानलाई १–० ले पराजित गर्दा लगातार दोस्रो जित निकाल्यो र प्रिक्वाटरफाइनलमा स्थान बनायो ।

जितसँगै समूह ‘डी’ मा नाईजेरियाको ९ अंक रह्यो । समान ३ खेलबाट इजिप्टको ६ अंक रहँदा दोस्रो स्थानमा रह्यो । १ अंकको सुडान तेस्रो र समान १ अंकको गिनी पुछारमा रह्यो ।