logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टि-२० लिग: नेपाली खेलाडी सोमपालको टिमद्वारा सन्दिपको टिम पराजित


अंकुरण खबर
2.353K
Shares

काठमाडौं – क्यानाडामा जारी ग्लोबल टि-२० लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेग हक्सद्धारा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स पराजित भएको छ ।

गएराती टोरन्टोमा भएको खेलमा पाहुना टोली हक्स ३ विकेटले विजयी भयो । यो खेलमा नेपालका दुबै खेलाडी सन्दिप र सोमपाल सुरुवाती एघारमा परेका थिएनन् । सोमपाल र सन्दिप सिंगापुरमा टि–ट्वेन्टी विश्वकप एसिायली छनौट प्रतियोगिता सकाएर अस्तीमात्रै क्यानाडा पुगेका थिए ।

गएरातीको खेलमा पहिले व्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो । उसका लागि रोड्रिगो थोमसले ६५ रन तथा कायरन पोलार्डले ५२ रन जोडे । कप्तान युवराज सिंहको नाममा ४५ रन रह्यो । जवाफमा २ सय १७ रनको विशाल लक्ष्य विनिपेग हक्सले २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । हक्सको जितमा क्रिश लिनको ८९ रन तथा सनी सोहलको ५८ रन महत्वपूर्ण रह्यो ।