logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आफ्नो मन्त्रालयलाई एक नम्बरको मन्त्रालय बनाउँछु : लेखराज भट्ट


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’

सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनी डा। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।