logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साकेलामा राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटी


अंकुरण खबर
1.235K
Shares

खोटाङको साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको हो । उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् ।

रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ ।