logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने


अंकुरण खबर
1.209K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधबार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।

पार्टीको आज मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएका हुन् ।

राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो ।

त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।