बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज विहान तीन बजे संक्रमणबाट मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।
वलीका अनुसार उनले अहिलेसम्म खोप पनि नलगाएको पाइएको छ ।
योसँगै बाँके जिल्लामा उपचारका लागि आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका ३ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।