logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन फेरि स्थगित


अंकुरण खबर
1.56K
Shares

२३ माघका लागि तय भएको नेकपा (एमाले)हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले कोरोना भाइरसको संक्रमणका कारण अधिवेशन स्थगित गरिएको बताए ।

‘पहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले कोरोना बढेकाले यो अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएको हो,’ उनले भने । एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।

बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको उल्लेख छ ।