logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फा कार्यसमिति बैठक सकियो


अंकुरण खबर
1.079K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ ।

बिहान साठे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो ।

कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए ।

यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ ।

यस्तै नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस र मछिन्द फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन् ।

विस्तृत विबरण भने एन्फाले केहि समयपछि सार्वजनिक गर्नेछ ।