logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले नेपाललाई पाकिस्तानकै कोटीमा राखे : सभापति देउवा


अंकुरण खबर
1.729K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानकै कोटीमा राखेर व्यवहार गरेको आरोप लगाएका छन् ।

पछिल्लो पटक भारतले सार्वजनिक गरेको नक्सा विवादले पाकिस्तानलाई गरेकैजस्तो व्यवहार देखिएको देउवाको आरोप छ ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले भने, ‘भारतको व्यवहार पाकिस्तान र नेपाल उस्तै बराबर हो भन्ने जस्तो देखिएको छ । नक्सा किन छापियो अहिले ?

भारतले पहिले काश्मीरको नक्सा हान्यो अनि पछि नेपालको हान्यो यसले पाकिस्तान र नेपाल उस्तै–उस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाएको छ ।’

देउवाले भने,‘कालापानी नेपालतर्फ पूर्व हो भारततिर होइन । सीमा नदी भएकोले पानी आधा–आधा हुने हो, पश्चिमतिर भारत हो ।’

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रोसँग काम गर्न नसकेको देउवाले बताए । प्रमुख विपक्षीसहित सबै बसेर ‘अभूतपुर्व एकता’गर्दासमेत प्रधानमन्त्रीले भारतसंग कुरा गर्न नसकेको देउवाले आरोप लगाए ।