logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनसँगको सीमा समस्याबारे सरकारका प्रवत्ता कार्कीले भने– राम्रोसँग अध्ययन आधिकारिक धारणा सार्वजनिक गर्छौं


अंकुरण खबर
1.079K
Shares

सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चीनसँगको सीमा समस्या बारे सरकारले अध्ययन गरेर मात्र आधिकारीक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

बिभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्वृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेका समाचार प्रकाशित गरेकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने ।

उनले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्ने समेत बताए ।  भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नसील रहेको उनले जनाए ।

‘हाम्रो सीमा चाहे भारतसीत होस् या चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्या हामी कूटनीतिक ढंगले समाधान गर्छौं । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ती सरकार सधै प्रयत्नसील रहन्छ,’ उनले भने ।