प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला सेक्रटरी बम विष्टलाई पूर्पक्षका लागि कारगार चलान गरिएको छ ।
मंगलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पूर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा जेसीबीमा आगजानी, एनसेलको टावरमा आगजानी साथै हातहतियार, विष्फोटक पदार्थ लगायत आपराधिक मुद्धा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
विष्ट गत असोज ५ गते पक्राउ परेका थिए ।