logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी-२० आई सिरिजः नेपालले ओमानविरुद्ध फिल्डिङ गर्दै, सन्दीपको डेब्यू कप्तानी


अंकुरण खबर
1.001K
Shares

नेपालले चार देश सम्मिलित टि-२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । कप्तान सन्दीप लामिछानेले डेब्यू कप्तानीमै टस जितेका हुन् ।

नेपालले आजको खेलमा युवा ओपनर कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, लोकेश बम, साहब आलम र जितेन्द्र मुखियालाई बेन्चमा राखेको छ ।

नेपालले टोलीमा युवा ब्याटिङ अलराउन्डर विवेक यादव र बायाँ हाते स्पिनर सागर ढकाललाई डेब्यू दिएको छ ।

घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका विवेक र सागरलाई डेब्यू दिएको हो । विवेक तीव्र गतिमा बलिङ गर्नुको साथै विष्फोटक ब्याटिङ गर्नेगर्दछन् । विवेकले फिनिसरको भूमिका निर्वाह गर्नेछन् । सागरले सन्दीप लामिछानेलाई स्पिन आक्रामणमा साथ दिनेछन् ।