logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ए डिभिजन लिग : एनआरटी र हिमालयनले अंक बाँडे


अंकुरण खबर
897
Shares

गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन् ।

खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो । तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो । बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झर्‍यो ।

हिमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठौं स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक रहेको छ ।

यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन् ।