logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना


अंकुरण खबर
455
Shares

यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेलेका छन् ।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।