logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसियन कपः नेपालको समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया 


अंकुरण खबर
923
Shares

एएफसी एसियन कप २०२३ को फाइनल राउण्डको तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार चीनमा आयोजना हुने एसियन कपको तालिका सार्वजनिक गरेको हो ।

नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहको खेल कुवेतमा आयोजना हुनेछ । जहाँ आयोजक कुवेतसँगै नेपाल,  इन्डोनेसिया र जोर्डन एकै समूहमा परेका छन् ।

तुलनात्मक रुपमा नेपाल बलियो समूहमा परेको हो । नेपालले आफ्नो पहिलो खेल जार्डनविरुद्ध ८ जुनमा खेल्नेछ । ११ जुनमा कुवेतविरुद्ध दोस्रो खेल खेल्दा १४ जुनमा इन्डोनेसियाविरुद्ध तेस्रो खेल खेल्नेछ ।

फिफाको पछिल्लो वरीयताअनुसार जोर्डन ९०औं स्थान, कुवेत १४३ औं स्थान, इन्डोनेसिया १६०औं स्थान र नेपाल १६७औं स्थानमा छ ।

यस समूहको शीर्ष टोली सिधै एसियन कपमा स्थान बनाउने छ भने दोस्रो टोलीको सम्भावना रहँदा दुई टोली भने बाहिरिने छन् ।