logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुलिसलाई बास्केट बलको उपाधि


अंकुरण खबर
468
Shares

रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले बिहीबार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको महिला तर्फको उपाधि जितेको छ ।

पुलिसको जितमा अनुसा मल्लले सर्वाधिक १९ स्कोर गरिन् । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा अपराजित रहँदै दुवै टोली फाइनलमा पुगेको थियो ।

पहिलो क्वाटरमा ८–८ स्कोरको बराबरी खेलेको पुलिसले दोस्रो क्वाटरमा १५–२० स्कोरले रोयलभन्दा पछि रह्यो । तेस्रो क्वाटरमा १४–११ स्कोर गरेको पुलिसले चौथो क्वाटरमा १०–१५ को स्कोर बनायो ।

दुवै टोलीले चार क्वाटरमा समान दुई क्वाटर आफ्नो पक्षमा पारे पनि अन्तिममा सबै क्वाटरको स्कोर जोड्दा पुलिस र रोयलको ५२–४९ स्कोर रह्यो।

२ फागुनदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।

बिहीबारै हुने पुरुषतर्फको फाइनलमा टाइम्स बास्केटबल एकेडेमी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।