logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीको बिरोधमा ६ पार्टी र २ मोर्चाले गरे भोलि नेपाल बन्दको आव्हान (विज्ञप्ती सहित)


अंकुरण खबर
1.04K
Shares

एमसीसीको बिरोधमा विभिन्न ६ पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते नेपाल बन्दको आव्हान गरेका छन् ।

एमसीसी नेपालको हित विपरित रहेको भन्दै संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर भोली सोमबार उनीहरुले बन्दको आह्वान गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा लगाएतका दलले बन्दको आह्वान गरेका हुन् ।

यी दलले यस अघि पनि एमसीसीको बिरोध गर्दै आएका छन् । आठ दलले अहिले साँझ देशैभर मसाल जुलुस पदर्शन गरेका छन् ।