logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अस्पतालमा रहेका प्रधानमन्त्री ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने


अंकुरण खबर
741
Shares

काठमाडौं – एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।

केपी शर्मा ओली डटकम डटएनपीमा गएर प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकोले वेवसाइटबाट आफ्ना भावना प्रकट गर्न सकिने उल्लेख गरेका छन ।

प्रधानमन्त्री ओलीको गत मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई अझै केही दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा अस्पतालमै राखिने छ ।