logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाता नामावलीमा रहेको त्रुटि फागुन २० देखि २६ गतेसम्म सच्याउन सकिने


अंकुरण खबर
962
Shares

निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरेको छ ।

मतदाता नामावली सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन आग्रह गरेको छ ।

‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने जस्ता कृयाकलापहरु फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साईटमा हेर्न सकिने आयोगले जनाएको छ ।