logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीका केन्द्रमा ९७ जना केन्द्रीय सदस्य थप्ने प्रस्ताव


अंकुरण खबर
1.001K
Shares

नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरिएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । जसमा खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा पेस गरिएको छ ।

त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ । यसअघि माओवादीको महाधिवेशनले २४७ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ ।