logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस अछामको सभापतिमा शाह विजयी


अंकुरण खबर
702
Shares

नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् ।

दोस्रो चरणको चुनावमा कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए । प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरे । ७ मत बदर भएका छन ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि सोमबार मतदान भएको थियो ।