दाङ प्रदेशसभा ३ (ख) मा नेकपा विजयी भएको छ । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा उम्मेदवार बिमला ओली २४ हजार २ सय ८६ मतसहित विजयी भएकी हुन् ।
ओलीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव शर्माले १९ हजार १ सय ८२ मत ल्याए । साझा पार्टीका शिवकुमार चौधरीले २६६ र राप्रपाका भुपाल रावतले २२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि सो प्रदेशसभामा उपनिर्वाचन भएको हो । बिमला उत्तरकी श्रीमती हुन् ।