logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साझा पार्टी नयाँ नेतृत्वको खोजीमा


अंकुरण खबर
780
Shares

काठमाडौं – साझा पार्टीले अब नयाँ नेतृत्वकर्ताको खोजी गर्ने भएको छ । उपनिर्वाचन २०७६ मा साझा पार्टीको कुनै पनि उम्मेदवारले जित हासिल नगरेपछि सोमबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा विज्ञप्ती जारी गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै संगठन विस्तार गर्नेछौं ।’ संगठन नहुँदा जनतालाई आफ्नो पार्टी के हो, के होइन, के गर्छ, के गर्दैन भन्ने बुझाउन नसकिएको साझा पार्टीको ठहर छ ।

‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मुलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ’ विज्ञप्तिमा भनिएको छ, ‘सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछ ।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आइतबार उपनिर्वाचनको मत परिणामले भ्रष्टाचार, असक्षमता र देश दोहनलाई अनुमोदन गरेको प्रतिक्रिया दिएका थिए ।