logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट घिमिरेले दिए राजीनामा


अंकुरण खबर
416
Shares

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनको अध्यक्षमा उम्मेदवार बनेका गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

उनले आज (आइतबार) प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाल बारको केन्द्रीय निर्वाचनमा उनले लोकतान्त्रिक–प्रगतिशील गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाल बारको नेतृत्वका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवारका रूपमा उनलाइृ अगाडि सारेका हुन् ।

घिमिरेको नेतृत्वमा रहेको निर्वाचन समितिले कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गरेका थियो ।