काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को जीत निकालेको छ ।
सातदोबाटोस्थित कराते हलमा ८४ केजीमाथिको समूहमा नेपाली खेलाडी विप्लवमान श्रेष्ठले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६र५ को जित निकाले ।
श्रेष्ठको यो जीतसँगै करातेमा नेपालले पाँच स्वर्ण जितेको छ भने समग्रमा १० वटा स्वर्ण हात लागेको छ ।