logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा स्थानीयको अवरोध


अंकुरण खबर
2.86K
Shares

काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।

विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन्।

पटक-पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य ने प्रभावित पारेका छन। एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ। स्थानीयले ओखरपौवाको सिसडोलकोजस्तै अवस्था बन्नबाट रोक्न र बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फ्याँक्ने ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन्।

स्थानीयको अवरोधको कारण बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल टु र इयाम निर्माणको काम ठप्प भएको छ। निर्माण व्यवसायी खुल्ने आशामा बसेका छन् भने स्थानीयले काम ठप्प पारेर मन्त्रिपरिषद्ले गरेको निर्णयको पूर्ण पाठको प्रतिक्षामा बसेका छन्।

गत साता मन्त्रिपरिषद्को बैठकले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहने उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो। समिति गठन भए पनि काम अघि बढ्न सकेको छैन। समितिलाई आफूहरूले उठाएको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले स्थानीयले निर्माणको काममै अवरोध सिर्जना गरेका हुन्। आजको नेपाल समाचार पत्र दैनिकबाट ।