logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएनजीले टस जित्यो, नेपाल बलिङमा


अंकुरण खबर
1.053K
Shares

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।

नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ ।

लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।