logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एथलेटिक्समा नेपाललाई सन्तोषीले दिलाइन् पहिलो स्वर्ण


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ ।

नेपालका लागि सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले सो दुरी ३५ मिनेट ७।९४ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

सो प्रतिस्पर्धामा भारतकी कविता याडाले रजत र श्रीलंकाकी निलान्थीले काश्य पदक जितेकी छन् ।