logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने


अंकुरण खबर
585
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालयको बैठक बोलाएका हुन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पतालमा उपचार गराइरहेका हुनाले दाहालले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सिंगापुरमा उपचार गर्न गएका बेला एक पटक मात्रै सचिवालय बैठको अध्यक्षता गरेका थिए ।