logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग चौथो दिनः आज विभिन्न १६ खेल हुँदै


अंकुरण खबर
845
Shares

काठमाडौं – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइक्लिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, ट्रायाथलन र उसुका खेल हुँदैछन् ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । भारत १७ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ ।