logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका युवा सचिव पक्राउ


अंकुरण खबर
936
Shares

काठमाडौं –  नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको हो । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको छ ।

पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ  बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।