काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले साइक्लिङतर्फ थप एक स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्णपदक जितेकी हुन् ।
जारी सागमा नेपालले साइक्लिङ जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नेपालले दुई स्वर्ण र दुई रजत जितिसकेको छ । यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।
साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । पदक तालिकामा नेपाल ३१ स्वर्ण, १७ रजत सहित कुल ७६ पदकका साथ दोस्रो स्थानमा रहेको छ ।