logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

इन्टर मिलानले युभेन्ट्सलाई हरायो


अंकुरण खबर
689
Shares

हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ ।

आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।

बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन ।

जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।