logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यी हुन् नेपाललाई दोहोरो स्वर्ण दिलाउने खेलाडी


अंकुरण खबर
962
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको पुरुष एकलतर्फ नेपालका १७ वर्षीय सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।

गोकर्णमा सम्पन्न सागको गल्फ विधाअन्तर्गत सुभाषले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २ सय ७४ स्कोरसहित नेपाललाई ३८औं स्वर्ण दिलाएका हुन् ।

योसँगै सुभाष नेपालका लागि सबैभन्दा कम उमेरमा दोहोरो स्वर्ण जित्ने खेलाडी बनेका छन् । उनले बंगलादेशका मोहम्मद फरहादलाई पराजित गरे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर बनाए ।